सुर्खेत । सालको काठसहित दुई जना पक्राउ परेका छन् । बाङ्गेसिमलबाट पिपिरा तर्फ जाँदै गरेको भे १ च १५०४ नं. को बोलेरो गाडीबाट सालको कडि ४,५ र ६ फुटे अं. ४२ क्युफिट बराबरको काठसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गाडी चालक ५९ वर्षिय राजकुमार बुढा मगर र गाडीमा सवार दैलेखका २८ वर्षिय यामबहादुर तारामी मगर छन् । काठसहित गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
फरकबाटो २४ कार्तिक २०७९, बिहीबार १७:०९