अवैध रासायनिक मल बरामद


सुर्खेत । सल्यानबाट १ सय ५९ बोरा अवैध रासायनिक मल प्रहरीले बरामद गरेको छ । सल्यानको बागचौर नगरपालिका वडा नं ११ पानीखोलाका शेरबहादुर खड्काकोको घरबाट उक्त अवैध मल बरामद गरिएको हो ।

कृषि सामाग्री कम्पनी लि. तुल्सिपुर दाङबाट अवैध रुपमा ल्याएको ३० बोरा डि.ए.पी, ७९ बोरा युरिया र ५० बोरा पोटास प्रहरीले बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

रा.१ क १३६३ नं को ट्रकमा अवैध मल ल्याई बेचविखन भइरहेको सुचनाका आधारमा उक्त कार्यमा संलग्नमा दिनेश ओली र ट्रक समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।