महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दै

काठमाण्डाै । १८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दै छ।

खेल भारतको जमसेदपुरमा बेलुका सवा सात बजे हुनेछ । आज भारतलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन। तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अङ्क जोड्न सकेको छैन ।

दुई खेलमा अङ्कविहीन नेपाल पुछारमा छ । पहिलो खेलमा भारतसँग पराजित नेपाल दोस्रो खेलमा बङ्ग्लादेशसँग पराजित भएको थियो। भारत दुई खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा छ भने बङ्ग्लादेश तीन अङ्क जोडेर दोस्रो स्थानमा छ । शीर्ष टोलीले उपाधि जित्नेछ ।