विश्वकपका लागि पोर्चुगलको राष्ट्रिय टिम घोषणा : रोनाल्डोको कप्तानी

पोर्चुगलले कतारमा हुन लागेको विश्वकपका लागि राष्ट्रिय टिम घोषणा गरेको छ। आफ्ना स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोलीको घोषणा गरेको हो।

रोनाल्डोले पाँचौँपटक विश्वकप खेल्न लागेका हुन्। उनीसँगै अर्का भेट्रान खेलाडी पेपेले पनि टिममा स्थान बनाएका छन्। त्यस्तै ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, रुबेन डियास, आन्द्रे सिल्भा लगायतका खेलाडी पनि टिममा  छन्।

कतार विश्वकप नोभेम्बर २० मा सुरु हुने छ। विश्वकपमा पोर्चुगल समूह एचमा रहेको छ। यो समूहमा घाना, उरुग्वे र दक्षिण कोरिया छन्। पोर्चुगलले नोभेम्बर २४ मा घानाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ।