
सुर्खेत । देशभर आज पनि मौसममा सामान्य बदली भएको छ । नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नभए पनि आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । त्यसैले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज राति पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने छ । यसरी मौसममा सामान्य बदली आई देशका केही स्थानमा पानी पर्ने क्रम सोमबारसम्म कायम रहनेछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक ०६ गते (शनिबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ कार्तिक ०७ गते (आईतबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ । बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ कार्तिक ०८ गते (सोमबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फरकबाटो ६ कार्तिक २०७८, शनिबार ०८:३८