सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा भेरीगंगा नगरपालिका वडा नं १० का २० वर्षीय रबिन सिंजाली र सोही ठाउँका १७ वर्षीय योगेश बुढा रहेको प्रहरीले जनाएको छ ।
छिन्चुबाट कोहलपुरतर्फ जाँदै गरेको लु ८० प ८४९३ नं को मोटरसाईकाल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
हिजो राती करिब साढे दशबजे तिर भेरीगंगा नगरपालिका वडा नं ४ हर्रे नजिक सडकबाट मोटरसाईकल करिब दुईसय मिटर तल खसी मोटरसाइकलमा सवारहरुको घटनास्थलमै मृत्यु भएको हो ।
हिजो राती दुर्घटना भएपनि उनीहरुको शव आज बिहान मात्रै पोष्टमार्टमका लागि मेहेलकुना अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एंव डिएस्पी रामप्रसाद घर्तीले जानकारी दिए ।
फरकबाटो ७ फाल्गुन २०७८, शनिबार १२:५०