भीम रावलले १० बुँदे कार्यान्वयन कार्यदलबाट राजीनामा दिए

 

काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि नबढेको भन्दै उनले शुक्रबार राजीनामा दिएका हुन ।

कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णय समेत मान्य नहुने भएपछि कार्यदलमा बसिरहन कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको उनको भनाई छ ।