न्युजिल्याण्डमा क्रिस हिपकिन्स नयाँ प्रधानमन्त्री बन्ने


सुर्खेत । न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री क्रिस हिपकिन्स बन्ने भएका छन् । लेबर पार्टीबाट नेतृत्वका लागि एक मात्र उम्मेदवार बनेसँगै ४४ वर्षे हिपकिन्सले प्रधानमन्त्रीमा जसिन्डा आर्डर्नको ठाउँ लिने पक्का भएको बीबीसीले जनाएको छ । सन् २००८ मा पहिलो पटक सांसद चुनिएका उनी नोभेम्बर २०२० मा कोभिड–१९ विशेष मन्त्री बनेका थिए ।

हिपकिन्स अहिले प्रहरी, शिक्षा तथा सार्वजनिक सेवा मन्त्री छन् । प्रधानमन्त्री आर्डर्नले आउँदो फेब्रुअरी ७ तारिखमा पद छोड्ने घोषणा गरिसकेकी छन् । प्रधानमन्त्री बन्नुअघि हिपकिन्सलाई प्रतिनिधि सभामा लेबर पार्टीको औपचारिक समर्थनको आवश्यकता पर्नेछ ।

यदि हिपकिन्सले समर्थन पाएमा आर्डर्नले फेब्रुअरी ७ मा गभर्नर जनरललाई राजीनामा बुझाउनेछन् । त्यसपछि हिपकिन्स नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनेछन् । सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री भएपछि आर्डर्न विश्वकै कान्छी महिला सरकार प्रमुख समेत बनेकी थिइन् ।