होली मनाउँदा अराजक कार्य नगर्न प्रशासनको अनुरोध

सुर्खेत । फागु पर्व (होली) को अवसरमा अराजक कार्य नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

प्रशासनले बुधबार सुचना प्रकाशित गरेर होली मनाउने क्रममा इच्छा विपरित रंग दल्ने, लोला हान्ने, फोहोर पानी, रासायनिक पदार्थ छ्याप्ने , बाटो अवरुद्ध गर्ने, सवारी साधानबाट रकम असुली गर्ने, धार्मिक तथा सांस्कृति मुल्य मान्यताप्रति आँच पुर्याउने जस्ता अराजक कार्यहरु नगर्न र नगराउन आग्रह गरेको हो । कानून विपरित कार्य गर्नेलाई कानून बमोजिम कार्वाही गरिने प्रशासनले जनाएको छ ।