कांग्रेसको एक महिने चुनावी अभियान आजदेखि


काठमाडौं । नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरु गर्दैछ । अभियानको सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्त्वपूर्ण विषयलाई नागरिकसमक्ष पुर्याउने काँग्रेसले जानकारी दिएको छ ।

स्थानीय तहको चुनावको लागि माहोल बनाउने लगायत आठवटा मुद्धामा अभियान केन्द्रित हुने छ । वैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर कांग्रेसले एक महिने अभियान सुरु गर्न लागेको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरेको बताए ।