एमाले सुर्खेतले समानान्तर गतिविधिमा संलग्नलाई स्पष्टिकरण सोध्ने

सुर्खेत । नेकपा एमाले सुर्खेतले समानान्तर गतिविधिमा संलग्नलाई स्पष्टिकरण सोध्ने भएको छ । पार्टी सचिवालयको सोमबार बसेको पहिलो बैठकले समानान्तर गतिविधिमा संलग्न जिल्ला कमिटीभन्दा तलका पदाधिकारी तथा सदस्यहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

प्रदेश कमिटीमा प्रतिनिधि छानिएकाहरुको समेत समानान्तर कमिटीमा नाम जोडिएकोले तत्काल आत्माआलोचना नगरेसम्म अधिवेशनमा प्रतिनिधी शिफारिस नगर्ने साथै क्षेत्र नं २ (क) अन्तर्रगत समानान्तर गतिविधिमा संलग्न माथील्लो कमिटीलाई सचेत बनाउन निर्देशनको लागि केन्द्रिय कमिटी र प्रदेश कमिटीमा अनुरोध गर्ने निर्णय गरेको हो ।

जिल्ला कमिटी सदस्य र स्थानीय कमिटी पदाधिकारी र सदस्यहरुका सन्दर्भमा जिल्ला कमिटीले नै स्पष्टिकरण सोध्ने निर्णय बैठकले गरेको हो ।

यस्तै नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन माघ २८ र २९ गते तोकिएको तथा प्रतिनिधिको सम्बन्धमा प्रदेश कमिटीको निर्देशन र जिल्ला कमिटीको बैठकको निर्णयअनुसार नै माघ ८ गते प्रतिनिधी छनौट व्यवस्थापन समितिले प्रक्रियागत ढंगले गरेका भेला नै आधिकारीक हुने निर्णय गरेको हो ।

बैठकले पाँच दलिय गठबन्धन सरकारले स्थानिय तहको निर्वाचन घोषणा नगरि संविधान र कानुनको अपव्याख्या गरि संवैधानीक जटिलतामा मुलुकलाई धकेल्ने प्रसास गरेको भन्दै नेपाल सरकारलाई तोकिएको समयमा स्थानिय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्ने निर्णय गरेको हो ।

समानान्तर कमिटी निर्माणमा संलग्न पक्षहरुले पार्टीको विधि र विधान विपरित विभिन्न समयमा पत्रकार सम्मेलनको आयोजना गरि भ्रामक सुचनाहरु फैलाएकोप्रति आपत्ति जनाउँदै यस्ता क्रियाकलाप नगर्न आग्रह समेत गरेको हो ।

बैठक जिल्ला समिती अध्यक्ष अमृतकुमार वि.सीको अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश ईन्चार्ज यामलाल कँडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । केन्द्रिय कमिटी सदस्य मोहनमाया ढकाल समेत अथितीको रुपमा बैठकमा सहभागी भएकी थिइन् ।