
सुर्खेत । वीरेन्द्रनगर युवा क्लबले आयोजना गरेको अन्तरपालिका भलिबलको उपाधी लेकबेशी नगरपालिकाले जितेको छ । मंगलबार वीरेन्द्रनगरमा सम्पन्न अन्तरपालिका भलिबलको उपाधी लेकवेशी नगरपालिकाले जितेको हो ।
फाइनल खेलमा चिङ्गाड गाँउपालिकालाई ३–० ले हराउँदै लेकवेशीले उपाधी हात पार्न सफल भएको हो । लेकवेशी नगरपालिकाले उपाधीसँगै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता चिङ्गाडले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
भलिबल प्रतियोगितामा सुर्खेतका ९ वटै पालिकाको सहभागीता रहेको थियो ।

फरकबाटो २४ फाल्गुन २०७८, मंगलवार १९:०२