टी-ट्वान्टी विश्वकपमा आज दुई खेल हुदै

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज बिहीबार दुई खेलहरु हुँदैछ । भिक्टोरियाको दक्षिणी जिलोनमा बिहीबार पहिलो राउण्ड अन्तर्गत समूह ‘ए’ का दुई खेलहरु हुँदैछन् ।

पहिलो खेलमा नेदरल्याण्ड्स र श्रीलंका खेल्दै छन् । खेल नेपाली समय अनुसार बिहान ९:४५ मा सुरु हुनेछ । पहिलो र दोस्रो खेलमा जित हात पारेको नेदरल्याण्ड्स आजको खेल जितेर अर्को राउण्डको प्रवेश गर्ने पहिलो टोली बन्न चाहान्छ ।

यता,पहिलो खेलमा हार र दोस्रो खेलमा जित हात पारेको पूर्व च्याम्पियन टोली आजको खेलमा राम्रो रन औसतका साथ जितेर अर्को राउण्डको सम्भावना कायम चाहान्छ ।

बिहिबार नै हुने दोस्रो खेलमा समूह ‘ए’ का नामिबीया र यूएई खेल्दै छन् । यि दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ । पहिलो खेलमा जित निकालेको नामिबीया आजको खेलमा सहज जित निकालेर अर्को चरणको सम्भावना जिवित राख्न चाहन्छ ।

दुई खेलमा जित बिहिन रहेको युएई पनि सहज जित निकालेर अर्को चरणको सम्भावना जिवित राख्न चाहन्छ । यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन् । पहिलो चरणमा ४/४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।

पहिलो राउण्डको समूह ‘ए’ मा श्रीलंका,नामिबीया,यूएई र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा वेस्ट इण्डिज,जिम्बाबे,आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् ।

दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन् । यस विश्वकपको फाईनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।