कर्णालीद्वारा सुदुरपश्चिमलाई १५१ रनको लक्ष्य

काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेशलाई जितका लागि १ सय ५१ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५० रन बनायो । कर्णालीका लागि अर्जुन घर्तिले ७० रनको अर्धशतकीय इनिङ खेले । सुवास एयरले २४ रन बनाए ।

हिमान्सु शाही १२ रनमा आउट भए । सुदुरपश्चिमका नारायण जोशीले ४ विकेट लिए । हेमन्त धामीले ३ विकेट तथा गजेन्द्र बोहराले २ विकेट लिए ।