पल शाहलाई तनहुँबाट लगियो गैंडाकोट

काठमाडौं । नाबालिग बालिकालाई जबर्जस्तीकरणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँ कारागारमा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ ।

नाबालिग बालिकाले आफूमाथि पूर्वी नवलपरासीमा पनि जबर्जस्तीकरणी गरेको मुद्दा दायर गरेपछि अनुसन्धानका लागि  प्रहरीले अभिनेता शाहलाई मंगलबार तनहुँबाट गैंडाकोट लगेको हो ।

गत फागुन १५ गते आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गर्न पुगेका अभिनेता शाहविरुद्ध १६ गते गैंडाकोटमा पीडितले उजुरी दिएकी थिइन् ।