लैंगिक हिसां तथा जातीय बिभेद बिरुद्ध सडक नाटक


सुर्खेत । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लैंगिक हिसां तथा जातीय बिभेद बिरुद्ध सचेतनामुलक सडक नाटक प्रर्दशन गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फागुन ९ गते नाटक प्रदर्शन गरिएको हो ।

समाजमा लैंगिक हिसां र जातीय बिभेदका कारण पछाडी परेको र धेरै मानव अधिकार हननका घटनाहरु पनि लैंगिक हिसा र जातीय बिभेदका कारण घट्ने गरेकाले सचेतनामुलक सडक नाटक प्रर्दशन गरिएको हो ।

लैंगिक हिसां तथा जातीय बिभेद बिरुद्ध ऐनहरु हुदाँहुदै पनि यस्ता घटना समाजमा व्याप्त भएका कारण कानुनी सचेतना अभिबृद्धि गर्न कर्णाली कला प्रतिष्ठानसंग सहकार्य गरि सडक नाटक गरिएको इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिए ।

सडक नाटकमा महिलाले लैंगिक हिसांका कारण पढ्न नपाउने, मानसिक तथा शाररिक हिंसा सामना गर्नु पर्ने लगायत जातीय बिभेदका कारण किशोर किशोरीहरुले ज्यान गुमाउनु पर्ने र दलितहरुले आत्म सम्मान बिना समाजमा बाँच्नु पर्ने स्थितीको चित्रण गरिएको थियो ।

करिव दुईसय जना दर्शकको सहभागीता रहेको सडक नाटकलाई थप प्रभावकारी बनाउनका लागी लैगिंक हिसा तथा जातीय बिभेद सम्वन्धी कानुनी सचेतना पर्चा समेत बितरण गरिएको थियो ।