नायक पल शाह आज आफै प्रहरीसमक्ष उपस्थित हुने

काठमाडौं । बलात्कार मुद्दा लागेर फरार रहेका कलाकार पल शाहले आज आफैं प्रहरीसमक्ष उपस्थित हुने जनाएका छन्।

फेसबुकमा उनले भनेका छन्, ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घरव्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु। नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु।’

एक नाबालिग गायिकाका बुबाले बलात्कारको उजुरी दर्ता गराएपछि पल फरार छन्।