प्रधानमन्त्रीले बाढी पहिरो प्रभावित क्षेत्र अवलोकन गर्दै

सुर्खेत – प्रधानमन्त्री शेरबहादुर देउवा लगातारको वर्षासँगै आएको बाढी–पहिरोले गरेको क्षतिको स्थलगत अवलोकनका गर्दैछन् । उनी बिहीबार बिहान काठमाडौँबाट सुर्खेत प्रस्थान गरेका हुन् ।

केही बेरमा सुर्खेत आइपुग्ने बताइएको छ । यहाँबाट उनी दिपायलमा रहेको सैनिक ब्यारेकमा जाने छन् । प्रधानमन्त्रीसहितको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत आएका हुन ।

निर्धारित कार्यतालिका अनुसार दिपालयमा रहेको सैनिक ब्यारेकमा देउवाले ब्रिफिङ लिने छन् । त्यसपछि उनी स्थलगत अवलोकनका लागि बझाङको थलारा, चैनपुर (ब्रिफिङ पनि हुने), बैतडीको ढुंगाड जाने छन् । त्यसपछि प्रधानमन्त्री देउवा डडेल्धुराको सदरमुकामस्थित सैनिक ब्यारेक दहमा खाना खान पुग्ने छन् र त्यहाँ थप ब्रिफिङ हुनेछ ।

प्रधानमन्त्री देउवाले बिहीबार डडेल्धुराको जोबुढा, कञ्चनपुरको महेन्द्रनगर (ब्रिफिङ), ब्रह्मदेव, दोधरा चाँदनीसहितका क्षेत्रको अवलोकन गर्ने जनाइएको छ । उनी राति धनगढीको होटल डिभोटीमा बसेर शुक्रबार बिहान काठमाडौँ फर्किने छन्।