तारा एअरले नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गर्‍याे

नेपालगञ्ज । पोखरा जाने यात्रुको चाप बढेपछि तारा एयरले पनि नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको छ ।

यसअघिबाटै बुद्ध एअरले नियमित उडान गरिरहेको भएपनि यात्रुको संख्या बढेपछि तारा एअरले पनि उडान सुरु गरेको हो । साताको तीन दिन उडान गर्नेगरी शुक्रवारबाट नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको गरिएको छ ।

भारतीय पर्यटकको आगमन बढेकाले तारा एअरले आइतबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन चार्टर उडान शुरु गरेको हो । तारा एअरको जहाजबाट प्रादेशिक चार्टर उडान शुरु गरिएको जनाउँदै चाँडै नै अन्य गन्तब्यमा नियमित प्रादेशिक उडान गर्ने बताइएको छ ।

नेपालगञ्ज–पोखरा उडानका लागि न्यूनतम भाडादर सात हजार रुपियाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।