मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन सुरु

सुर्खेत । कर्णाली प्रदेशमा मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन सुरु भएको छ । आज र भोली सम्म सम्मेलन सञ्चालन हुनेछ ।
“जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार ः दिगो शान्ति र सम्मृद्धिको आधार” भन्ने मुला नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगले सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका छन् । कर्णाली प्रदेशमा मानव अधिकार रक्षकहरुको अवस्था तथा चुनौतीका विषयमा सुझाव संकलन गर्ने र सोही अनुसारको सरकारलाई सुझाव दिने उदेश्यले सम्मेलनको आयोजना गरिएको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय जुम्लाका प्रमुख बुद्धनारायण साहनीले जानकारी दिए ।

उनका अनुसार आयोगले देशैभर आज एकैसाथ मानवअधिकार रक्षकहरुको प्रादेशिक सम्मेलनको आयोजना गरि रक्षकहरुको अवस्था र चुनौति विषय र सुरक्षामा केन्द्रित भई सुझाव संकलन र छलफल गरिरहेको छ ।