काठमाडौं । प्रतिनिधि सभाको बैठक बसिरहेको छ। दिउँसो सवा १ बजेदेखि सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी जारी राखेको छ। अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदन भएपछि पहिलो पटक संसद बैठक बसेको हो।

यही आइतबार एमालेको अवरोधबीच संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भइसकेको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन कानुनमन्त्री दिलेन्द्र बडूले पेश गरेका छन्। उनले यो प्रतिवेदन पेस गरेसँगै सभामुख अग्नि सापकोटाले फागुन २२ गते आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।

फरकबाटो १८ फाल्गुन २०७८, बुधबार १३:३२