माओवादी महाधिवेशन : दिउँसो २ बजेपछि चुनावी प्रक्रिया

काठमाडौं । सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले आठौँ महाधिवेशनको बन्द सत्रमा सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेको छ ।

महाधिवेशन आयोजक समितिको छलफलले सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गर्ने भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । निर्वाचन समितिले आज दिउँसो २ बजेदेखि लागू हुने गरी कार्यतालिकासमेत हेरफेर गरेको छ ।

संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो २ बजेदेखि दिउँसो साढे ३ बजेस्म्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । उम्मेदवारी फिर्ताका लागि बेलुका साढे ५ बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली बेलुका पौने ६ बजे प्रकाशन गरिनेछ ।

माओवादीको निर्वाचन आयोगका अनुसार आज बेलुका साढे ६ बजेदेखि राति साढे १० बजेसम्म चुनावका लागि समय निर्धारण गरिएको छ ।