एमसीसीको व्याख्यात्मक घोषणा मन्त्रिपरिषदबाट पारित

काठमाण्डाै । अमेरिकी सहायता परियोजना एमसीसीमाथिको व्याख्यात्मक घोषणा मन्त्रिपरिषद्बाट पारित भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद्को बैठकले व्याख्यात्मक घोषणा पारित गरेको हो ।

sf7df8f}F, @( c;f/ . gjlgo’Qm k|wfgdGqL z]/axfb’/ b]pjfsf] ;+of]hsTjdf gjlgo’Qm dGqLx? -afns[i0f vfF8, 1fg]Gb| sfsL{, kDkmf e’;fn / hgfb{g zdf{_, l;+xb/af/l:yt k|wfgdGqL tyf dlGqkl/ifb sfof{nodf a}7s a:b} . ;f] a}7sn] ;a} gful/snfO{ lgMz’Ns vf]k pknAw u/fpg] lg0f{o u/]sf] 5 . t:jL/ M /f]zg ;fksf]6f, /f;;

घोषणामा एमसीसीलाई नेपालको विकास निर्माण क्षेत्रमा मात्रै उपयोग गर्ने, सैन्य सम्झौताबाट टाढै रहने, एमसीसीभन्दा नेपालको संविधान माथि रहने लगायतका ११ वटा विषय समावेश छन् ।

यस्तै लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयले गर्ने, आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्ति नेपालको नै हुने र विद्यमान नेपालको कानुनअनुसार नै निर्देशित हुने घोषणा गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार बिहान बसेको सत्तारुढ दलहरूबीच भएको बैठकमा एमसीसीका सन्दर्भमा उठेका प्रश्नको उत्तर व्याख्यात्मक घोषणामार्फत सार्वजनिक गरेका हुन् ।