वैदेशिक ऋण जनप्रतिनिधि पाल्न र गाडी किन्न खर्च गर्दा ऋणको भार बढ्यो : लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक ऋणको ठूलो हिस्सा जनप्रतिनिधि पाल्न र उनीहरुलाई गाडी किन्न खर्च हुँदा ऋणको भार बढेको बताएका छन् ।

पार्टीले बिहीबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले २०७४ सालको स्थानीय चुनाव हुँदासम्म ८ खर्ब रहेको वैदेशिक ऋण तीन तहका सरकारका मन्त्री र जनप्रतिनिधिलाई तलब भत्ता र गाडी किन्न खर्च हुँदा ५ वर्षमा दोब्बर भन्दा धेरै १७ खर्ब नाघेको बताए ।

भ्रष्टाचार मुलुकको मुख्य समस्या रहेको औंल्याउंदै लिङ्देनले आफ्नो पार्टीले जित्ने स्थानीय तहलाई भ्रष्टाचारमुक्त बनाउने दावी गरे ।