युक्रेनमा रहेका नेपालीलाई जर्मनी र मस्कोमा रहेको नेपाली राजदूतावासको सम्पर्कमा आउन आग्रह

काठमाण्डाै । रुसले सैन्य कारबाही थालेसँगै युक्रेनमा रहेका नेपालीमा त्रास बढेको छ । युक्रेनको राजधानीमा विस्फोट हुन थालेसँगै त्रास बढेको हो । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई आवश्यक पर्दा बर्लिन वा मस्कोमा रहेका नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह  गरेको छ ।

बर्लिनमा रहेको नेपाली रादूतावासका तृतीय सचिव सहारा चौलागाइँलाई र मस्कोमा रहेका कार्यवाहक राजदूत सुशील घिमिरेलाई सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको हो ।

हिजो विज्ञप्ति निकाल्दै परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको थियो । अति आवश्यक परे बस्नु नत्र उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्किन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको हो ।

यस्तै, मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण समेत स्थगित गरेको छ ।  युक्रेनमा अहिले झण्डै डेढसयदेखि दुई सय जना रहेका अनुमान गरिएको छ । त्यसमध्ये ३८ जना सम्पर्कमा आएका मन्त्रालयले जनाएको छ ।

विज्ञप्ति :