एमालेले सूत्रबद्ध गरेको नीति नै देशको परराष्ट्र नीति : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले सूत्रबद्ध गरेको नीति नै देशको परराष्ट्र नीति भएको बताएका छन् ।

आफ्नो ७१औँ जन्मदिनका अवसरमा बुधबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले एमालेको नीतिले आज पनि राष्ट्र निर्देश गरेको बताए ।

“हाम्रो पार्टीको नीतिले देशलाई मार्गदर्शन गर्ने गरेको छ । एमालेका नीति नै राष्ट्रिय नीति हुन् । नेपालको परराष्ट्र नीति के हो भन्ने हो भने एमालेले सूत्रीकृत गरेका, सूत्रबद्ध गरेका नीति नै परराष्ट्र नीति हुन्,” ओलीले भने । जनता भगवान् भएको भन्दै उनले आफूहरू पुनः सत्तामा फर्कने पनि बताए । “एमाले फेरि आउँछ । देशका लागि, जनताका लागि बनेको पार्टी,” उनले भने ।