
सुर्खेत । वीरेन्द्रनगर वडा नं २ मा बालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको छ । सोमबार आवाज संस्थाद्वारा संचालित बाल विवाह रोकथाम, प्रतिक्रिया तथा व्यवस्थापनका लागि बालिकाको नेतृत्व परियोजना अन्तरगत बालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको हो ।
एक सय जना बालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको आवाजले जनाएको छ । परियोजनामार्फत वडा नं २ मा चार वटा समूह निर्माण गरी बालिकाहरुलाई उनीहरुको क्षमता तथा चेतनावृद्धिमा विभिन्न गतिविधिहरु गर्दै आएको परियोजनाका संयोजक संगीता वलीले जानकारी दिइन् ।

फरकबाटो ९ फाल्गुन २०७८, सोमबार २०:४५