
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई कोरोना संक्रमण भएको छ ।
शुक्रबार बेलुका पीसीआर विधिबाट परीक्षण गर्दा प्रचण्डलाई कोरोना पुष्टि भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । केहि दिनदेखि प्रचण्डको स्वास्थ्यमा असहजता देखिएको थियो । उनी हाल खुमलटारस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् ।
प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी सचिव दाहालले जानकारी दिइन् ।

फरकबाटो २४ पुष २०७८, शनिबार ११:२०