
काठमाडौं । प्रतिनिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । आइतबार दिउँसो १ बजे बस्ने बैठकको कार्यासूची शनिबार साँझ सार्वजनिक भएको हो ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले आइतबारको सम्भावित कार्यसूचीमा प्रतिवेदन पेश हुने उल्लेख छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रियसभा समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको उनले बताए ।
अमेरिकी आर्थिक सहयोग सम्बन्धी सम्झौता एमसीसी पेश गर्ने बताइए पनि सम्भावित कार्यसूचीमा उक्त कुरा उल्लेख गरिएको छैन ।

फरकबाटो ७ फाल्गुन २०७८, शनिबार २०:५१