महिला यू-१८ साफ च्याम्पियनसिप अर्को महिना, यस्तो छ तालिका

काठमाडौं । यू १८ महिला साफ च्याम्पियनसिप अर्को महिना भारतमा हुँदैछ। सन् २०१० को प्रतियोगिता कोभिड १९ को महामारीका कारण रोकिएपछि एक वर्ष ढिलो गरि भारतमा सम्पन्न भएको थियो।

साथै एक वर्ष ढिलो भएपछि दक्षिण एसियाली फुटबल फेडेरेसनले खेलाडीका उमेर एक वर्ष बढाएर यू १९ प्रतियोगिता सञ्चालन भएको थियो। तर नेपाल समूह चरणबाटै बाहिरियो।

त्यो सिजनमा फाइनलमा भारतलाई हराउँदै बंगलादेशले उपाधि जितेको थियो। यो वर्ष भने यू १८ साफ भारतले आयोजना गर्दैछ। झारखण्डको झमसिदपुरमा हुने प्रतियोगिताको साफले तालिका सार्वजनिक गरेको छ।

आउँदो मार्च १५ देख २५ तारिखसम्म हुनेछ। प्रतयोगिताको तीन टिमको मात्र सहभागिता रहेको छ। अब नेपाल, बंगलादेश र भारतले डबल राउन्ड रोबिन लिग खेल्नेछन्। र, लिग चरणको अन्तिममा सबैभन्दा धेरै अंक ल्याउने टिमले उपाधि जित्नेछ।