चार देशीय टी–२० श्रृङ्खलामा नेपालले आज आयरल्यान्डसँग खेल्दै


काठमाडौं । ओमानमा भइरहेको चार देशीय टी–२० श्रृङ्खलाको अन्तिम खेलमा आज नेपालले आयरल्यान्डसँग खेल्दैछ ।

खेल दिउँसो पौने चार बजे अल अमिरात क्रिकेट मैदानमा हुनेछ ।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो । आजको खेलसँगै नेपालको आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ’ए’ का लागि सम्पूर्ण तयारी पूरा हुनेछ ।

ओमानमा आउँदो ६ गतेदेखि सुरु हुने आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ’ए’ को तयारी स्वरुप श्रृङ्खला आयोजना भएको हो ।