कप्तान रुबिनासहित ३ क्रिकेटरलाई ज्यापको प्रायोजन

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका कप्तान रुबिना क्षेत्रीसहित ३ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादक कम्पनि ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ ।

भारतीय कम्पनि ज्यापले कप्तान रुबिनासँगै डोली भट्ट र सबनम राईलाई प्रायोजन गरेको हो । ज्यापले तीनै जना खेलाडीलाई एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो।

प्रायोजनासँगै खेलाडीहरुले खेल्ने सबै खाले प्रतियोगितामा ज्यापको ब्याट लगायत अन्य सामग्री प्रयोग गर्नेछन्। यस्तै  ज्यापले अनुबन्धित क्रिकेटरहरुलाई सम्पूर्ण क्रिकेट सामग्री प्रदान गर्नेछ ।

 यस अघि पुरुष टिमका कप्तान सन्दीप लामिछानेसँगै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी, सुनिल धमला, भिम सार्की, देव खनाल र आदील अन्सारीलाई एक वर्षको प्रायोजन गरेको थियो ।