सुर्खेत । प्रतिनिधि सभा सदस्य मोहन बानियाँविरुद्ध बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक शिक्षिकाको उजुरीका आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको हो । बानियाँ मुगुबाट निर्वाचित एमाले सांसद हुन् ।
ती शिक्षिकाले दिएको उजुरीका आधारमा आफूहरूले अदालतबाट पक्राउ पुर्जी माग गरेको र मङ्गलवार जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिए ।
पक्राउ पुर्जी जारी भएको बारेमा संसद् सचिवालय र सभामुखलाई पनि जानकारी गराइसकिएको डीएसपी न्यौपानेले जानकारी दिए ।
फरकबाटो ४ फाल्गुन २०७८, बुधबार १९:४०