पछिल्लो २४ घण्टामा ६ सय ३९ जनामा कोरोना, तीन जनाको मृत्यु

काठमाण्डाै । पछिल्लो २४ घण्टामा ६ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार सात सय ५६ जनाको नमुना परीक्षण गर्दा ६ सय ३९ जनामा सङ्क्रमण पष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६ सय जना निको भएका छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको छ । अहिले नेपालमा १८ हजार दुई सय ५१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित स्वास्थ्य मन्त्रालयले जनाएको छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार एक सय तीन जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।