बन्दको प्रभाव आंशिक

सुर्खेत । देशका धेरै ठाउँमा बन्दको प्रभाव आंशिक प्रभाव परेको छ । सामान्य रुपमा गाडी चलिरहेका छन् । सडक र चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौताको विरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेकाले सडकमा सुरक्षाकर्मीको परिचालन बढाइएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लामो दुरीमा स्कटिङ गरेर गनत्व्यमा पठाउने गरिएको जनाएको छ ।