दैलेख । अपांगता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्रष्ट्रिय दिवसका अवसरमा गुराँस गाउँपालिकाले अन्तर्रक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एभरेष्ट क्लब तथा सिएमसी नेपालको समन्वयमा अपांगताका सवालमा हाम्रो पैरवी विषयक अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम गरराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बि.सीको प्रमुख आथित्यता तथा उपाध्यक्ष शिवा कुमारी खड्काको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा आठवटै वडाबाट सबै प्रकारका अपांगता भएका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
अन्तर्रक्रिया पश्चात् सरोकारवालाहरुले ६ बुँदे प्रतिवद्धता समेत व्यक्त गरेका छन् । सहभागीहरुकै सवाललाई ध्यानमा राखी अपांगता परिचयपत्र वडा स्तरमै शिविर सञ्चालन गरि वितरण गर्ने, सहायता सामाग्रीहरु वितरण गर्ने, अपांगता भएका व्यक्तिहरुका सहयोगीहरुलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने, स्वरोजगारमुलक कार्यक्रममा अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकता दिनुपर्ने लगायतका प्रतिवद्धता गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष टोपबहादुर बि.सीले आँफुहरुले अपांगता भएका व्यक्तिहरुले न्याय पाएको महशुष हुने गरी काम गर्न नसकेको र आगामी दिनमा नीति र कार्यक्रममै समेटेर अगाडी बढ्ने बताए ।
उनले भने, “अपांगताको क्षेत्रमा कामै नगरेको त होइन तर जती गर्नु पर्ने थियो त्यती गर्न नसकिएको सत्य हो ।” कार्यक्रममा बोल्दै उपाध्यक्ष शिवाकुमारी खड्काले पहिलेको तुलनामा सबै क्षेत्रलाई समेटेर विभिन्न कार्यक्रमहरु गर्ने गरिएको र नीति तथा बजेट समेत सुधारिएर आउने गरेको बताईन ।
कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष नन्नबहादुर बि.सी, वडा नं ८ का वडा अध्यक्ष दिपेन्द्र ओली तथा प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले आफ्नो धारणा राखेका थिए ।
फरकबाटो १७ मंसिर २०८१, मंगलवार १९:५७