एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाभियोगबारे छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले नेता विष्णु रीजालका अनुसार आज बेलुकी ६ बजे बैठक बोलाइएको हो। यसअघि एमालेले भोलि (सोमबार) ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न हाम्रो पार्टी नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज साँझ ६ बजे अध्यक्षको निवास बाल्कोटमा र संसदीय दलको बैठक भोलि ११ बजे, संसद् भवन, नयाँ बानेश्वरमा बस्ने तय भएको हो ।