राप्रपा नेपालको अध्यक्ष बने कमल थापा

काठमाडौं । कमल थापा राप्रपा नेपालको अध्यक्ष बनेका छन् । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्टि जनाउँदै पार्टीबाट बाहिरिएका कमल थापाले राप्रपा नेपालको नेतृत्व लिएका हुन् ।

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराएको छ । यसअघि राप्रपा नेपालकै अध्यक्ष रहेका थापाले पार्टी एकीकरण गरेपछि लाक्पा शेर्पाको अध्यक्षतामा राप्रपा नेपाल गठन गरेका थिए ।