अफगानिस्तानमा पूर्व सांसदको गोली हानी हत्या


सुर्खेत । अफगानिस्तानमा पूर्व सांसदको गोली हानेर हत्या भएको छ । राजधानी काबुलमा रहेको आफ्नै घरमा पूर्व सांसद मुर्सल नाबिजादामाथि गोली प्रहार भएको थियो ।

घरमा प्रवेश गरेका बन्दुकधारीको समूहले उनको अङ्गरक्षकलाई गोली हाने लगत्तै उनको हत्या गरेका थिए । घटनामा उनका भाइ र एक सुरक्षागार्ड घाइते भएका बीबीसीले जनाएको छ ।

३२ वर्षकी मुर्सल नाबिजादा ती महिला सांसदमध्ये एक हुन् जसले तालिबान सरकारमा फर्किँदा पनि देश छोडेकी थिइनन् । उनी सन् २०१८ मा सांसद बनेकी हुन् । उनी संसदीय रक्षा आयोगकी सदस्य एवम् मानव संशाधन विकास संस्थानमा रहेका काम गर्थिन् ।

अफगानिस्तानका लागि सांसद रहेका नाबिजादालाई तालिबान सरकारले सन् २०२१ मा पदच्यूत गरेको थियो । काबुल प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ ।