सभामुख सापकोटाद्धारा सर्वदलीय बैठक आह्वान

काठमाण्डौ । cले भोलि सोमवार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेकाछन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनका प्रेम विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ दलका सांसदहरूले आज बिहान १० बजे सिंहदरबारमा रहेको संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । महाअभियोगको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा। पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ छन् । यस्तै समर्थकमा नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजालसहित ९५ सांसद छन् ।

यसैबीच भोलि सोमवारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक भने यही फागुन ४ गते बुधवारका लागि सारिएको छ ।