चोरी मुद्धाका दुईजना फरार प्रतिबादी पक्राउ

सुर्खेत । जिल्ला अदालत सुर्खेतको फैशला पश्तात् चोरी मुद्धामा जरिवाना तोकिएका दुई जना प्रतिबादी पक्राउ परेका छन् ।

वीरेन्द्रनगर ५ सुर्खेतका ३१ वर्षीय सुरज गुरुङ र वीरेन्द्रनगर ६ का ३२ वर्षीय राजकुमार बि.कलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु दुवैलाई जिल्ला अदालत सुर्खेतले क्रमश ६ हजार र ५ हजार जरिवाना तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज पक्राउ गरी जरिवाना अशुलका लागि जिल्ला अदालत सुर्खेतमा पठाएको कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।