लाज ढाक्न महिलालाई राज्यमन्त्री, उप पदमात्रै महिलालाई दिने प्रबृत्ति कायमै 


सुर्खेत । कर्णाली प्रदेश सरकार भर्खरै मात्रै पुर्ण भएपनि असमावेशी भएको भन्दै चौतर्फि विरोध भएपछि लाज ढाक्न महिलालाई राज्य मन्त्रीमा नियुक्त गरिएको छ ।

नेकपा माओबादी केन्द्र डोल्पाबाट निर्वाचित उर्मिला विश्वकर्मालाई राज्यमन्त्रीमा नियुक्त गरि भौतिक पुर्वाधार तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको हो । उनलाई आजै मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनियताको सपथग्रहण गराएका छन् ।

यसअघि नै हटाउने भनि चर्चा गरिएको मन्त्रालयको जिम्मेवारी नवनिर्वाचित राज्यमन्त्रीलाई दिइएको हो ।