ए डिभिजन लिग : दशौँ चरण शुक्रबारबाट

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग फुटबलको दशौँ देखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाले मंगलबार लिगको बाँकी रहेको सबै ४ चरणको खेल तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार दशौँ चरणका खेलहरु माघ २८ देखि फागुन १ गतेसम्म हुनेछ  ।

यस्तै ११ औं चरणका खेलहरु फागुन ३ देखि ५ गतेसम्म चल्नेछ । त्यस्तै १२ चरणका खेलहरु फागुन ७ देखि १० गतेसम्म संचालन हुनेछ । १३ औं चरणका खेलहरुको मिति भने तय भएको छैन । लिगमा मछिन्द्र फुटबल क्लब २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।