टी–२० विश्वकप सुपर १२ मा पुग्न आज निर्णायक दुई खेल हुँदै

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

अस्ट्रेलियाको होबार्टमा आज हुने समूह ‘बी’ का खेलमा वेस्ट इन्डिज र आयरल्याण्ड तथा स्कटल्याण्ड र जिम्बाबे खेल्दैछन् ।

पहिलो खेलमा वेस्ट इन्डिज र आयरल्याण्ड नेपाली समय अनुसार बिहान पौने १० बजे खेल्दैछन् ।

आज हुने दोस्रो खेलमा स्कटल्याण्ड र जिम्बाबेबीच दिउँसो पौने दुई बजे खेल हुनेछ ।

आज जित्ने टोली सुपर १२ र हार्ने टोली बाहिरिनेछन् । समूह ‘ए’ बाट नेदरल्यान्ड्स र श्रीलंका सुपर १२ मा प्रवेश गरिसकेका छन् ।