कर्णाली प्रदेश सभा : तीन वटा विधेयक पारित


सुर्खेत । कर्णाली प्रदेशसभाबाट विभिन्न तीन वटा विधेयक पारित भएका छन् । मंगलबार बसेको प्रदेश सभाको हिउँदे अधिवेशनको सातौँ बैठकले तीन वटा विधेयक पारित गरेको हो ।

बैठकबाट स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्नको विधेयक २०७६, प्रदेशमा व्यापार व्यवसायको दर्ता तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ र प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ सर्वसम्मतीले पारित भएका हुन् ।

यस्तै प्रदेशसभाबाट उपभोक्ताको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता भएको छ । उक्त विधेयक प्रदेश सरकारको क्षेत्राधिकार भित्र नभएकोले फिर्ता भएको हो ।