सुर्खेत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका दश जिल्लाबाट नौ लाख ५० हजार दुई सय ६४ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमध्ये पूरुष मतदाता चार लाख ८१ हजार ९३ रहेको छ भने महिला मतदाताको संख्या चार लाख ६९ हजार एक सय ६८ रहेको छ । अन्य दुई मतदाता रहेका छन् ।

यस्तै सुर्खेत जिल्लाबाट दुई लाख ४३ हजार ६ सय १४ जनाले मतदान गर्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार आगामी निर्वाचनका लागि जिल्लामा दुई लाख ४३ हजार ६ सय १४ मतदाताले मतदान गर्न पाउने भएका हुन् । जसमा पुरुष भन्दा महिला मतदाता धेरै रहेका छन् । जिल्लामा पुरुष मतदाताको संख्या एक लाख १८ हजार सात सय ३८ रहेको छ भने महिला मतदाताको संख्या एक लाख २४ हजार आठ सय ७६ रहेको छ । जसमा पुरुष मतदाता भन्दा महिला मतदाताको संख्या ६ हजार बढी रहेको छ । २ वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा पूरुष मतदाता भन्दा महिला मतदाताको संख्या ६ हजारले बढी रहेको प्रदेश निर्वाचन अधिकृत दुर्गा प्रसाद चालिसेले जानकारी दिए ।
यस्तै, दैलेख जिल्लामा एक लाख ४८ हजार सात सय २७ मतदाताले आगामी मंसिर ४ गते हुने निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । जस मध्ये पूरुष मतदाताको संख्या ७४ हजार ३८ रहेको छ भने महिला मतदाताको संख्या ७४ हजार ६ सय ८९ रहेको छ । दैलेख जिल्लामा पूरुष मतदाता भन्दा महिला मतदाताको संख्या ६ सयले धेरै रहेको छ ।
सल्यानमा एक लाख ५७ हजार ७ सय मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार आगामी निर्वाचनका लागि जिल्लामा एक लाख ५७ हजार ७ सय एक मतदाता मतदान गर्न पाउने भएका हुन् । जसमा महिलाभन्दा पुरुष मतदाता धेरै रहेका छन् । जिल्लामा पुरुष मतदाताको संख्या ८० हजार २ सय १२ रहेको छ भने महिला मतदाताको संख्या ७७ हजार ४ सय ८९ रहेको छ ।
त्यस्तै, रुकुमपश्चिम जिल्लामा आसन्न निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या ९२ हजार तीन सय ४७ रहेको छ । जस मध्ये पूरुष मतदाताको संख्या ४६ हजार पाँच सय ४७ रहेको छ भने महिला मतदाताको संख्या ४५ हजार सात सय ९९ रहेको छ । यस जिल्लामा अन्य मतदाताको संख्या एक रहेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जुम्लाबाट ६७ हजार सात सय ४४ मतदाताले मतदान गर्ने भएका छन् । जस मध्ये पूरुष मतदाता ३५ हजार दुई सय ७३ रहेको छ भने महिला मतदाताको संख्या ३२ हजार चार सय ७१ रहेको छ ।
यस्तै डोल्पाबाट आसन्न निर्वाचनमा २२ हजार चार सय ४० मतदाताले मतदान गर्ने भएका छन् । जसमा पूरुष मतदाता ११ हजार ६१ रहेको छ भने महिला मतदाता ११ हजार तीन सय ७९ रहेका छन् । आसन्न निर्वाचनमा मुगुबाट ३४ हजार नौ सय ६२ जनाले मतदान गर्ने भएका छन् । १८ हजार एक सय ६७ पूरुष र १६ हजार सात सय ९५ महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
त्यस्तै कालिकोटबाट आसन्न निर्वाचनमा ७२ हजार आठ सय २७ मतदाताले मतदान गर्न पाउने भएका छन् । जस मध्ये ३७ हजार सात सय ४१ पूरुष र ३४ हजार तीन सय ३९ महिला मतदाता रहेका छन् । जाजरकोटमा मतदान गर्नेको संख्या एक लाख तीन हजार तीन सय ६३ रहेको छ । ५४ हजार ६ सय एक पूरुष, ४८ हजार सात सय ६० महिला र एक अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।
यस्तै आसन्न निवार्चनमा हुम्लाबाट ३२ हजार आठ सय ५७ मतदाताले मतदान गर्ने भएका छन् । जसमा पूरुष मतदाता १७ हजार एक सय २८ र महिला मतदाता १५ हजार सात सय २९ रहेका छन् ।

फरकबाटो २७ आश्विन २०७९, बिहीबार १७:४७