ला लिगामा बार्सिलोनाले पहिलो जित निकाल्यो

सुर्खेत । साविक विजेता बार्सिलोनाले स्पानिस ला लिगामा पहिलो जित हात पारेको छ । बार्सिलोनाले आइतबार राति भएको खेलमा क्याडिजलाई २–० ले पराजित गरेको हो ।

पेड्री र फेरान टोरेसले अन्तिम ८ मिनेट भित्र गोल गरेपछि बार्सिलोनाले सिजनको पहिलो जितसहित तीन अंक जोडेको छ ।

घरेलु मैदानमा बार्सिलोनाले पहिलो गोल गर्न ८२ मिनेटसम्म कुर्नुपरेको थियो । पेड्रीले ८२औं मिनेटमा इल्के गुन्डागोनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । फेरानले इन्जुरी टाइमको चौथो मिनेटमा रोबर्ट लेवान्डोसक्को पासमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । जितपछि दुई खेलबाट ४ अंकसहित पाँचौ स्थानमा उक्लेको छ ।