धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली इलेक्सन सम्भव नरहेको बताएका छन् । नेता पौडेलले अर्ली इलेक्सन सम्भव नरहेकाले संसदले पूर्ण कार्यकाल काम गर्नुपर्ने बताए ।
धनगढी विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले अर्ली इलेक्सन सम्भव नभएको उल्लेख गरे ।
संसदको काम कारबाही अगाडि बढाएर सरकारले आफ्नो क्षमता देखाउनुपर्ने पौडेलको भनाइ छ ।
बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर शुुक्रबार काठमाडौँ फर्किएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे गठबन्धनका नेताहरुसँग परामर्श गर्ने प्रतिक्रिया दिएका थिए ।
फरकबाटो ६ कार्तिक २०७८, शनिबार १३:१०