
सुर्खेत । कर्णाली प्रदेशकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सिता कुमारी नेपालीले हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका कर्णाली बासी एवं सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेकी छन् ।
आज बिज्ञप्ति मार्फत मन्त्री नेपालीले पारिवारिक सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य दिर्घायू र उत्तरोत्तर प्रगतिको कामना व्यक्ति गर्दै शुभकामना व्यक्त गरेकी हुन ।
उनले मौलिक सांस्कृतिक एकता, आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव, सहिष्णुता अझ सुदृढ पार्दै पारस्परिक सहयोग, सद्भावसहित सु -संस्कृतिको निर्माणमा सहयोग पुग्ने पनि विश्वास व्यक्ति गरिन् ।
उनले कोरोना संक्रमण रहिरहेकाले स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरेर परिवारभित्रै सिमित राखी पारिवारिक भेटघाट गरी विजया दशमी मनाउन आग्रह गरिन् ।

फरकबाटो २९ आश्विन २०७८, शुक्रबार ०८:५८