महिलाको आईपीएल अर्को वर्षदेखि

काठमाडौं । बीसीसीआईले महिलाको इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०२३ को सुरुआत देखि सुरु हुन सक्ने जनाएको छ । बीसीसीआईका सचिव जय शाहले महिलाको आईपीएल चाँडै सुरु गर्न लागेको तथा आगामी वर्षको सुरुआतबाट हुन सक्ने बताएका छन् ।

अहिले पुरुषको आईपीएलसँगै तीन टिमको सहभागतीमा टी–ट्वान्टी च्यालेन्ज हुँदै आएको छ । यस वर्षपनि टी–ट्वान्टी च्यालेन्ज हुने तर महिलाको आईपीएल चाँडै हुने शाहले जनाए । यस वर्षको आईपीएल भने मार्चका अन्तिम साताबाट भारतमै सुरु हुने तथा १० टिमको सहभागिता रहनेछ ।